Call us today +977-1-4475783 / 9851241622

आरएमएन झापाको सहकार्यमा "समृद्धिका लागि युवा स्वरोजगार" अन्तरक्रिया सम्पन्न

श्रावण २०, बिर्तामोड  ।   झापाको बिर्तामोडमा समद्वीका लागि युवा स्वरोजगार अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । प्रवासबाट आर्जित सिप, ज्ञान , र पूँजी स्वदेशका लागि भन्ने नाराका साथ जिल्ला समन्वय समिति झापा , रिटर्नी माईगेन्ट  नेपाल जिल्ला समिति  झापा  , विराट सामूदायिक  अध्ययन केन्द्र झापा   , अभियान नेपाल झापा  र  नाईट चेस्ट क्लब काँकरभिट्टा झापा ले संयुक्त रुपमा   आयोजना   गरेको हो । 


कार्यक्रम जिल्ला  समन्वयन  समितिका  प्रमूख  सोमनाथ पोर्तेल को अध्यक्षयता  भएको थियो ।  उक्त कार्यक्रममा प्रमूख अतिथि नेपाल सरकार खेलकुद मन्त्रालय  अन्तरर्गत राष्टिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङगेलले   कार्यपत्र प्रस्तुत  गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि    ढुङगेलले  शिक्षा गुणस्तर हिन भएकाले औधोगिक हुने अवस्था नभएर  वैदेशिक रोजगारको नाममा विदेश दास भईरहेको  दैनिक ४ देखी ५ जनाको  लास विमानस्थल आउने गरेको  हुनाले पिडादायीक अवस्था रहेको उनले बताएका छन् । रिटर्नी माईगेन्ट नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले कृषी र पर्यटनमा सामूहिक लगानीका लागि बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई प्रेरित  गर्ने, सहुलियतपूर्ण कर्जाको लागि निरन्तर प्हल गर्ने,उद्दमी हुन प्रोत्साहन गर्ने उद्देश्यले  कार्यक्रमको  संचालन गरिएकोे बताएका छन्  ।  
 
 नेपाल विश्व युवा सुचाङकमा  ७७ औँ स्थानमा रहेको छ । त्यस्तै जर्मन एक स्थानमा रही जापान १० औँ स्थानमा रहेको छ भने दक्षिण एसियामा नेपाल चौथो स्थानमा रहेको छ ।  उक्त कार्यक्रमका विशिष्ट अतिथिहरु कन्काई नगरपालिका प्रमूख राजेन्द्र पोखे्रल,त्यसै गरी  शिव सतांक्षीका उपमेयर भोज कुमारी नेपाल , मेची नगर नगरपालिकाकी उपमेयर   मिना उप्रेती र  अर्जृुनधारा नगरपालिकाका उपमेयर   कमला आचार्यले मन्तव्य  राखेका थिए । कार्यक्रममा जिल्ला  समन्वयन  समितिकी उपप्रमुख मिना पराजुली,  विराट  सामूदायिक  अध्ययन केन्द्र झापाका अध्यक्ष रुद्र सिटौला, रिटर्नी माईगेन्ट मोरङका अध्यक्ष राजु भट्टराई , युवा समिति झापा जिल्ला अध्यक्ष छवि चुडाल , नाईट चेस्ट क्लब काँकरभिट्टा अध्यक्ष , जिल्ला  समन्वयन  समितिका सदस्यहरु , रिटर्नी माईगेन्ट प्रदेश नं १ अध्यक्ष गोकुल बा . थापा आदिको उपस्थिति रहेको थियो । झापामा रहेको विभिन्न व्यवसाय सञ्चालन गर्दे बसेका  बैदेशिक रोजगार बाट फर्किएर नेपालमै केहि गर्ने जाँगर का साथ  व्यवसाय गर्दै गरेका लगभग २०० जनाको  सहभागिता रहेको रिटर्नी माईगेन्ट  नेपाल जिल्ला समिति  झापा  उपाध्यक्ष कुमार थापाले जानकारी दिएका छन् ।  सो कार्यक्रमका संचालक रिटर्नी माईगेन्ट  नेपाल जिल्ला समिति  झापाको अध्यक्ष    भीम लकान्द्रीले  गरेका थिए ।

(रेडियो बिराट डट कमबाट)