Call us today +977-1-4475783 / 9851241622

रिटर्नी माइग्रेंट नेपालको पहिलो साधारण सभा,नया नेतृत्व र पार गर्न पर्ने गौंडाहरु

काशिराम ढुंगाना

२०७४ को अन्त्य संगै गरिएको बैदेशिक रोजगार बाट फर्केका केहि अगुवाहरुले गरेको परिकल्पनाले छलफल, अभियान र रिटर्नी माइग्रेंट नेपाल नामक संस्थाको रुप लिदै यहाँ सम्म आईपुग्दा संस्थाले यहि बैसाख १५ र १६ गते गण्डकी प्रदेशको पोखरामा आफ्नो प्रथम राष्ट्रिय साधारण सभा अत्यन्तै उत्साहपूर्ण रुपमा सम्पन्न गरेको छ जुन हजुर, हामी सबैको लागि गौरवको कुरा हो |

सर्वप्रथम

संस्थाले उठाएको क्षमता उपयोगको मुद्धा स्थापित गराउन बैदेशिक रोजगार छोडेर स्वदेश फर्केका नेपालीहरुको क्षमताको पहिचान, उनीहरुको व्यवसायिक रुपमा पूनर्स्थापना र सामाजिक उत्तरदायित्व सहितको भूमिकालाई आफ्नो बिषय बस्तुको रुपमा उठान गर्दै आर्थिक उत्पादन तथा बिकासमा राज्यसँग साझेदारी संस्थाका सदस्यहरुको लागि मात्र नभएर देशकै लागि अति जरुरी भएको कुरामा कुनै पनि भ्रम नराखी आफ्ना व्यक्तिगत चाहना र वाध्यतालाई एकातर्फ पन्छाएर देशका विभिन्न भागबाट उत्साहका साथ् सभामा सहभागी हुनुहुने प्रतिनिधि तथा पर्यवेक्षक मित्रहरु, आफ्नो ब्यस्त समयका वावजुद हामीलाई समय दिनुहुने प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष माननीय श्री गणेश प्रसाद तिमिल्सिनाज्यू, विशेष अतिथिको रुपमा पाल्नु भएका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलज्यू, विभिन्न क्षेत्रबाट पाल्नु भएका अतिथिज्यूहरु, पत्रकार तथा  सुरक्षा कर्मीज्यूहरु, सम्पूर्ण आयोजक टिम (तदर्थ समितिका सम्पूर्ण साथीहरु, संस्थाको प्रदेश र जिल्ला समितिका पदाधिकारीज्यूहरु, आजीवन सदस्यज्यूहरु) अझ खास गरि यस कार्यक्रमलाई सफल तुल्याउन दिन रात एक गरि खट्नुहुने गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत, महासचिव दिपक पाण्डेज्यूका साथै सम्पूर्ण गण्डकी प्रदेश समिति अनि रिटर्नी माइग्रेंट नेपालकै कास्की जिल्ला समिति र कास्की किल्ला अध्यक्ष बुद्धि सुबेदी लगायत सहभागी सबैमा हार्दिक आभार प्रकट गर्दै यस साधारण सभाले चयन गरेको नया नेतृत्व प्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु |

य संगै संस्थाको बारेमा आफुले बुझेका र आफ्नो मनमा लागेका केहि जानकारीहरु यहाँहरु समक्ष साझा गर्न चाहन्छु |

भर्खर जन्मेको संस्था र यसले बोकेको वृहत्तर लक्ष बीच तादात्म्यता कसरी मिलाउने भन्नेमा हालैको साधारण सभाले निर्माण गरेको नया नेतृत्व माथि अति नै गहन जिम्मेदारी आई परेको छ |  यो जिम्मेदारी निभाउन आवस्यक कार्य दक्षता हामीमा रहोस, जसले गर्दा विदेशबाट स्वदेश फर्केका वैयक्तिक र संस्थागत आकांक्षा परिपूर्ति गर्न सहज हुनेछ भन्नेमा दुईमत त छैन होला तर यसको लागि व्यक्तिको कार्यक्षमता अनुरुपको जिम्मेदारी संगै काम गर्ने अवशर अति नै महत्वपूर्ण मानिनुपर्छ |

मुद्धाको सवाल  :

एउटा सामाजिक संस्था हुनुको वावजुत रिटर्नी माइग्रेंट नेपालले उठाएका आर्थिक उत्पादन र यसै संग जोडिएर आफ्ना क्षमताको उपयोगको मुद्धा अन्य कुनै पनि दाता निर्भर यनजिओसँग मेल खाँदैन र यो परियोजनामा आधारित आयु बोकेको संस्था पनि नभएकोले यो एउटा स्थायी संस्था पनि हो | हामीले हाम्रा मुद्धा स्थापित गर्न र संस्थाले लिएको लक्ष हाँसिल गर्न हामीसंग रहेका सबैखाले क्षमताको उपयोग हाम्रो आफ्नो संगसंगै देशको लागि समेत गर्नुपर्छ भन्ने हो | यसर्थमा हामी के कुरामा निश्चित हुनुपर्छ भने हामी रिटर्नीहरु आवद्ध संस्था कुनै वाह्य स्रोतमा आधारित संस्था हैन र हामी संग जे छ त्यसबाट जे गरेर आर्जन सक्छौं त्यो नै आजको हाम्रो स्रोत ठहर्छ भन्ने कुरा हामीले बुझ्नु पर्छ तर हामी रिटर्नी नेपालकै नागरिक भएको हुनाले नेपालमा जुन सुकै सरकार र ब्यवस्था भएपनि राज्यसँग सहकार्य गरेर जाने कुरामा समेत दुईमत हुनुहुदैन |

 

संस्थाले तय गरेको मार्ग र देखिएका गौंडाहरु :

  1. माथि उल्लेख गरिएका संस्थाको मुद्धासंग सम्बन्धित तर्कलाई थप पुष्टि गर्न संस्थाले अंगालेका बिषयगत मार्गका जम्मा तीनवटा गौंडा (खुट्किला) देखिएकाछन् | यी गौंडाहरुको पहिलो र महत्वपूर्ण नम्बरमा बैदेशिक रोजगार छोडेर फर्केका नेपालीहरुको क्षमताको पहिचान नै हो र यसको प्राप्ति बिना हामी दोश्रो गौंडा सम्म पुग्न सक्दैनौं | हाल सम्म देशको सरकारी अथवा गैरसरकारी कुनै पनि निकायले नसोचेको र नगरेको यो हामी भर्खर जन्मेको संस्थालाई त्यति सहज त छैन तर पार गर्ने पर्छ | यो गौंडो पार गर्न हामीले बैदेशिक रोजगार छोडेर स्वदेश फर्की देशभर छरिएर रहेका व्यवसायिक रुपमा स्थापित भए र नभएका सबै नेपालीहरुको क्षमतागत परिचयको तथ्यांक संकलन र पेशागत वर्गीकरण गर्ने कार्य अनिवार्य हुन पर्छ जसले हामीलाई कुन क्षेत्रमा कति दक्षता छ र कहाँ उपयोग गर्ने भन्ने कुरा निश्चित गर्न सहज तुल्याउछ | त्यसैले गर्दा  यो गौंडालाई सहज रुपमा पार गर्न सम्भव भए स्थानीय तहमा रहेका सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गर्ने नभए रिटर्नीहरुकै माध्यमबाट व्यक्ति व्यक्ति सम्म पुगी तथ्यांक संकलनको कार्यलाई तिब्र रुपमा अगाडी बढाउनु पर्छ भन्ने पनि आजको आवस्यकता हो 
  2. दोश्रो गौंडाको रुपमा प्रतुत बिषय भनेको रिटर्नीहरुको व्यवसायिक तथा आर्थिक पूनर्स्थापना र तहगत वर्गीकरण हो | लामो समय बैदेशिक रोजगारमा रहेका नेपालीहरु स्वदेश फर्के पछाडी नेपाली समाज आफु बिचको अन्तराल र नेपाली समाजको परिवर्तनको कारण धेरै जसो नेपालीहरु अलमलमा परिरहेको, आफु संग भएको क्षमताको उपयोग हुन नसक्नुका साथै उचित ज्ञान बिनै शरु गरिएको व्यवसायमा गरिएको लगानीबाट असफलता व्यहोरिरहेको बर्तमान परिस्थितिलाई चिर्दै सम्पूर्ण रिटर्नीहरुलाई उचित अनुभव र क्षमताको आधारमा आर्थिक उत्पादनका क्षेत्रमा पूनर्स्थापना गराउन आवस्यक पहल थाल्नुलाई दोश्रो गौंडाको रुपमा लिएका छौं 
  3. र अन्तिम तथा तेश्रो गौंडो भनेको सामाजिक उत्तरदायित्व सहितको भूमिका हो, जसको बारेमा हामीले  यसरी व्याख्या गर्न सक्दछौं | आर्थिक उत्पादन र लगानीका क्षेत्रमा राज्यसँग साझेदारीको अवधारणालाई परिणाम मुखी बनाउन सर्बप्रथम नीतिगत स्प्रष्टता संगै त्यसखालको नितिनिर्माणको जरुरी हुन्छ | यस प्रसंगमा अझै प्रष्ट हुन खोज्नेहो भने “मोही माग्ने ठेकी लुकाउने गर्नु हुदैन”  त्यसैले यो भनेको राज्यको नीति निर्माण तहमा हाम्रो उपस्थितिलाई महत्व दीइयोस भन्ने नै हो | यसरी नीति निर्माण तहमा हाम्रो भूमिका प्रष्ट हुन सकेमा बैदेशिक रोजगारबाट स्वदेश फर्की सकेका र भोलि फर्कने नेपालीहरुलाई देशको आर्थिक उत्पादनमा जोडी निरन्तरता दिन नीतिगत रुपमा अवरोध नहुने विस्वास राख्न सकिन्छ |  यसो गर्न नसके एकातर्फ बैदेशिक रोजगार छोडेर फर्केका सम्पूर्ण रिटर्नीहरुका आकांक्षा कहिलै पुरा हुदैनन् भने अर्को तर्फ वर्तमान परिवेशमा सृजित दक्ष –अदक्ष मानव संसाधनको खडेरी पूर्ती गर्न समेत सकस हुने यथार्थलाई मध्यनजर गरि यस बारे रिटर्नी माइग्रेंट नेपालका सबै तह र तप्काका साथै चौतर्फी बहश चलाएर आर्थिक उत्पादन र रिटर्नीहरुको सहकार्यको चाहना र  आवस्यकतालाई पुरा गर्न सकिन्छ भन्दै पून एकपटक रिटर्नी माइग्रेंट नेपालको नव निर्वाचित बधाई तथा शुभकामना ब्यक्त गर्दै यहाँहरुबाट बिदा हुन्छु |  धन्यवाद

     (लेखक रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय उपाध्यक्ष हुन् )