Call us today +977-1-4475783 / 9851241622

आरएमएनको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अधिकारीको नेतृत्वमा ३५ सदस्यीय कायसमिति सर्वसम्मत निर्वाचित

ऋषि बस्याल

पोखरा ,  १५ बैशाख

वैदेशिक रोजगार बाट फर्केका नेपालीहरुको संस्था रिटर्नी माइग्रेन्ट नेपालको अधिबेशन पोखरामा सम्पन्न भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको अधिबेशनले उत्तम अधिकारीको नेतृत्वमा सर्वसम्मत रूपमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । तदर्थ समितिको अध्यक्ष सङसङै महासचिव लक्ष्मी प्रसाद आचार्यलाई समेत अधिबेशनले आगामी कार्यकालको लागि निरन्तरता दिएको छ । सातै प्रदेशका प्रतिनिधिहरुको सहभागीता रहेको उक्त अधिबेशनले उपाध्यक्षमा काशिराम ढुंगाना, ऋषि बस्याल र सीता बस्याल, सचीवमा कृष्ण कुमार नेउपाने, उत्तम श्रेष्ठ सेन र रामकृष्ण घिमिरे, कोशाध्यक्ष्यमा अजिता ठकुरी निर्वाचित गरेको छ । त्यसैगरी प्रवक्तामा पदम बिश्ट चयन भएका छन् ।

अधिबेशनको घोषणा सभामा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य राखेका थिए । वैदेशिक रोजगारबाट फर्केका नागरिकले बिदेशबाट सिकेको सीप र भित्र्याएको पूंजीलाई उपयोग गर्दै उध्यमसिल बन्ने संस्थाको सबै कृयाकलापमा प्रदेश सरकारको अधिकतम सहयोग रहने बताउदै मन्त्री गुरुङले सहज लगानीका लागि सहज बाताबरण बनाउदै आवस्यक निति र कानुन परिवर्तनका लागि आफुहरु तयार रहेको जनाए ।

समावेशी बनाउन ५ जना कार्यसमितिले मनोनित गर्नेगरी निर्वाचित सदस्यहरुमा सदस्यहरु: काजी बहादुर थापा, जहार सिंह लामा, आइ बहादुर खत्री, सुबास झा ,हिरादेवी खराल, ओम थनेत ,हरि खत्री, बिबि लामा, देवि आचार्य ,अम्बिका घिमिरे ,वसन्त केसि, सुमन कुवर ,हरिस भन्डारी, देवेन्द्र सुवेदी रहेका छन् । चन्द्र बहादुर रोकाहाको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत समिति निर्वाचित गरेको हो । निर्वाचन समितिमा दामोदर नेपाल, पुरन आचार्य, राजेन्द्र प्रसाद देवकोटा र भुमिनन्द बराल रहेका थिए । वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुले प्रवासबाट आर्जित सीप, अनुभव र पूंजीलाई राज्यको निति, कार्यक्रम र योजनासंग जोडेर रिटर्नीहरुको समस्यालाई सम्भावनाको रूपमा परिणत गर्न संस्थाले देशब्यापी रूपमा संजाल बिस्तार गर्दै विभिन्न अभियानहरु सन्चालन गर्दै आइरहेको छ ।

(हिमालय अनलाईन मिडियाबाट)