Call us today +977-1-4475783 / 9851241622

रिटर्नी माइग्रेन्ट नेपालको बाग्लुङ जिल्ला सम्मेलन सम्पन्न।

ऋषि बस्याल, बाग्लुङ - शनिबार, चैत्र १६, २०७५।

प्रबासबाट आर्जित सिप, ज्ञान र पूजी स्वदेशको लागि भन्ने मुल नारालाई आत्मसाथ गर्दै बैदेशिक रोजगारीबाट फर्किएका सम्पूर्ण नेपालीहरुलाई आफ्नो हकहित र अधिकारका लागि एकजुट गराउने हेतुले रिटर्नी माइग्रेन्ट नेपाल बाग्लुङको प्रथम जिल्ला सम्मेलन गरेको छ ।

जिल्लाका १० वटै पालिकाहरुबाट प्रतिनिधित्व रहेको सम्मेलनले दिपेश बिश्व​कर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको सर्बसम्मत रुपमा चयन गरेको छ ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैैैरे कार्यक्रमको प्रमुुख अतिथि रहनु भएको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्मा गैरेले मन्तब्य राख्दै  ठगेर कमाउने र भ्रष्टचार गर्ने ब्यक्ती सम्मानीत हुने तर पसीना बगाउने ब्यक्ति सधैभरी अपहेलीत हुनुपर्ने प्रचलन रहेसम्म देशको समृद्धि हुन नसक्ने बताउनु भयो । दलालहरु सम्मानीत हुदै हिडेको तर श्रमगरेर खानेहरुको सम्मान नहुने भन्दै घिमिरेले श्रमप्रति सम्मान नगर्नेले देशको बिकास गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो ।

रिटर्नी माईग्रेंट नेपालका केन्द्रिय महासचिब लक्ष्मी प्रसाद आचार्यले संस्थाको नीति तथा कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो।  कोषाध्यक्ष काशी राम ढुगानाले भाबी कार्यक्रम र योजनाको बारेमा व्यक्त गर्दै आफुहरु राज्यको निति र कार्यक्रम संग, संगै हिड्न चाहेको बताउदै वैदेशिक रोजगारमा रहदा राज्यको निम्ती पुर्‍याएको योगदानको, घर फर्किदा कदर नभएको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।

राज्यले लिएको आर्थिक समृद्धिको नारालाई सार्थक पार्न रिटर्नीहरुको सिप र क्षमतालाई परिचालन गर्नुपर्नेमा गण्डकी प्रदेशका अध्यक्ष  नेत्र थनेतले जोड दिनुभयो।

श्रोत: हिमालय अनलाइन मिडिया