Call us today +977-1-4475783 / 9851241622

विदेशबाट फर्केका युवाहरुको संस्था आरएमएनको सम्मेलन सन्धिखर्कमा

घनश्याम पौडेल/हिन्दुखबर
अर्घाखाँची, ९ चैत । प्रवासबाट आर्जित सीप, ज्ञान र पुँजि स्वदेशका लागि बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको संस्था भन्ने मुल नाराका साथ सुरु भएको रिटर्नी माईग्रेट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनमा विदेशबाट फर्किएकाले अव नजाने बताए ।

सम्मेलनको उद्धघाटन गर्दै प्रदेश सभा सदस्य रामजी घिमिरेले विदेशबाट फर्केका युवाहरु लक्षित कार्यक्रम सरकारले ल्याएको बताए । उहाँले संस्था जन्माउँनु ठुलो कुरा होईन, संस्थामार्फत निश्चीत उद्देश्य प्राप्तका लागी अगाडी बढ्नु महत्वपुर्ण रहेको बताए । उनले देशमा दिर्घकालीन रुपमा सरकार टिकेका थिएनन्, ५ वर्ष सहितको वामपन्थीको सरकार बनेको छ, आशा छ, देशले विकास निमार्णमा फड्को मार्नेछ ।

सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसालले कृषि, पशुपालन, पर्यटन मार्फत कार्ययोजना बनाई नगरपालिका अगाडी बढेकोले प्रशस्त रोजगारीका सम्भावना रहेको बताए ।  रिर्टर्नी माईग्रेट नेपालका केन्द्रीय अध्यक्ष उत्तम कुमार अधिकारीले रिटर्नीहरुको समस्यालाई राज्यको नीति र कार्यक्रमसंग जोडेर सम्भावनाको रुपमा अघि बढाउने उद्देश्यले सवै एकजुट भएर संस्था सञ्चालनमा ल्याएको बताए ।

उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, विवेकशिल साझाका हरिप्रसाद भुसाल, नयाँ शक्तीका पुष्करनाथ बन्जाडे, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, चेम्बर अफ कर्मशका अध्यक्ष अशोककुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगाएतले विदेशमा भन्दा स्वदेशमै केही गर्नुपर्छ, भन्ने सोच सकारात्मक भएको बताएका थिए ।

(हिन्दु खबर डटकम बाट) 
कार्यक्रम संस्थाका बसन्त केसिको अध्यक्षता, राजेन्द्र जिसिको सञ्चालन र रामु गैरको स्वागतमा सम्पन्न भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।