Call us today +977-1-4475783 / 9851241622

बैदेशिक रोजगारबाट फर्किएकाहरु संजाल विस्तार गर्दै, गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

बैदेशिक रोजगारबाट फर्किएकाहरु संजाल विस्तार गर्दै, गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

 

बैदेशिक रोजगार बाट फर्केका नेपालीहरुको संस्था "रिटर्नी माइग्रेन्ट नेपाल"ले देशैभर संजाल विस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ | स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरुलाई राज्यको नीति, योजना र कार्यक्रमसंग जोडेर प्रवासबाट आर्जित सिप, ज्ञान र पुंजीको उपयोग मार्फत व्यक्ति, समाज र राष्ट्रकै आर्थिक उन्नतिमा जोड्ने उद्देस्यले स्थापित उक्त संस्थाले संजाल विस्तारलाई प्राथमिकतामा राखेको छ

 

प्रदेशका स्थानीय विकास तथा पूर्वाधार मंत्री रामकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा गत आश्विन १९ मा नवलपुरको कावासोतीमा संस्थाको गण्डकी प्रदेशको सम्मेलन सम्पन्न भएको हो | सो क्रममा मंत्री बस्नेतले राज्यलाई सिप र पुंजीको जरुरत रहेकोमा जोड दिंदै विदेशबाट दक्षता प्राप्त गरि फर्केका नागरिकलाई निश्चिन्त भएर लगानी गर्न अनुरोध गर्दै गण्डकी प्रदेश सरकार रिटर्नीहरुका योजनामा संगै रहेर सहयोग गर्ने प्रतिबद्धता जनाए |

 

उनले रिटर्नीहरुलाई पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि अघि बढ्न आग्रह गर्दै प्रदेश सरकार त्यसका लागि सहयोगी भूमिकामा प्रस्तुत हुने भन्दै विदेशबाट प्राप्त पुंजी र सिपलाई सहि ढंगले नेपालमा प्रयोग गर्न यस संस्थाको अहं भूमिका रहनेमा बिश्वास व्यक्त गरे |

 

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले संस्था स्थापना हुनुको कारण, आबस्यकता र महत्व, यसका उद्देश्यहरु, राज्यसंगका अपेक्षा, भाबि योजना बारे प्रिजेन्टेसन सहित प्रस्तुत गरेका थिए | व्यक्ति व्यक्तिमा छरिएर रहेका पुंजीलाई एकीकृत गर्दै सामुहिक लगानी मार्फत रोजगारी र उद्ध्यमको विकास गर्दै आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र निर्माणमा बिदेशीक रोजगारबाट फर्किएकाहरुले पुर्याउन सक्ने योगदानलाई नजरअन्दाज नगर्न उनले सुझाएका थिए | आफ्ना मागहरुमध्ये ३ वटा मुद्दा सरकाले कार्यान्वयन तहमा लैजाने घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिंदै अध्यक्ष अधिकारीले बैदेशिक रोजगारबाट फर्केकालाई राज्यले प्रदान गर्ने सहुलियतपूर्ण कर्जामा ३ बर्षे समयावधिको हदबन्दी तोकिएकोमा बिरोध जनाउंदै त्यसलाई सच्याउन माग गरे | ३ भर्ष भन्दा पहिला स्वदेश फर्किएका पुर्व प्रवासी श्रमिकको समेत राज्यको अर्थतन्त्र निर्माणमा उत्तिकै योगदान र महत्व रहेकाले राज्यले प्रदान गर्ने सहुलियतमा रिटर्नीहरु बीच कुनै किसिमको विभेद स्वीकार्य नहुने अधिकारीले बताए |

 

एक दिवसीय गण्डकी प्रदेश सम्मेलनले नेत्र नारायण थनेतको अध्यक्षतामा "रिटर्नी माइग्रेन्ट नेपाल"को गण्डकी प्रदेश समिति चयन गरेको छ | घोषित ९ सदस्यीय समितिको पोखरामा बस्ने पहिलो बैठकले थप सदस्य मनोनयन गरि समितिलाई पूर्णता दिने नव निर्वाचित अध्यक्ष थनेतले जानकारी दिए |

त्यसैगरी सम्मेलनले भिम महतोको नेतृत्वमा १३ सदस्यीय नवलपुर जिल्ला समिति समेत गठन गरेको छ |

प्रदेश, जिल्ला र पालिकास्तरसम्म संजालको पहुँच विस्तार गर्ने लक्ष्य लिएको संस्थाले छिट्टै सबै प्रदेश सम्मेलनहरु आयोजना गर्ने बताएको छ | विदेशबाट नेपालीले सिकेको सिपको तथ्यांक अत्यन्तै महत्वपूर्ण रहेकाले स्थानीय स्तरमा संस्थाको पहुँच विस्तार हुनु अनिवार्य रहेको बताईएको छ |

 

बैदेशिक रोजगारबाट फर्किएकाहरु संजाल विस्तार गर्दै, गण्डकी प्रदेशको सम्मेलन सम्पन्न बैदेशिक रोजगार बाट फर्केका नेपालीहरुको संस्था "रिटर्नी माइग्रेन्ट नेपाल"ले देशैभर संजाल विस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ | स्वदेश फर्किएका पूर्व प्रवासी श्रमिकहरुलाई राज्यको नीति, योजना र कार्यक्रमसंग जोडेर प्रवासबाट आर्जित सिप, ज्ञान र पुंजीको उपयोग मार्फत व्यक्ति, समाज र राष्ट्रकै आर्थिक उन्नतिमा जोड्ने उद्देस्यले स्थापित उक्त संस्थाले संजाल विस्तारलाई प्राथमिकतामा राखेको छ प्रदेशका स्थानीय विकास तथा पूर्वाधार मंत्री रामकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा गत आश्विन १९ मा नवलपुरको कावासोतीमा संस्थाको गण्डकी प्रदेशको सम्मेलन सम्पन्न भएको हो | सो क्रममा मंत्री बस्नेतले राज्यलाई सिप र पुंजीको जरुरत रहेकोमा जोड दिंदै विदेशबाट दक्षता प्राप्त गरि फर्केका नागरिकलाई निश्चिन्त भएर लगानी गर्न अनुरोध गर्दै गण्डकी प्रदेश सरकार रिटर्नीहरुका योजनामा संगै रहेर सहयोग गर्ने प्रतिबद्धता जनाए | उनले रिटर्नीहरुलाई पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि अघि बढ्न आग्रह गर्दै प्रदेश सरकार त्यसका लागि सहयोगी भूमिकामा प्रस्तुत हुने भन्दै विदेशबाट प्राप्त पुंजी र सिपलाई सहि ढंगले नेपालमा प्रयोग गर्न यस संस्थाको अहं भूमिका रहनेमा बिश्वास व्यक्त गरे |

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले संस्था स्थापना हुनुको कारण, आबस्यकता र महत्व, यसका उद्देश्यहरु, राज्यसंगका अपेक्षा, भाबि योजना बारे प्रिजेन्टेसन सहित प्रस्तुत गरेका थिए | व्यक्ति व्यक्तिमा छरिएर रहेका पुंजीलाई एकीकृत गर्दै सामुहिक लगानी मार्फत रोजगारी र उद्ध्यमको विकास गर्दै आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र निर्माणमा बिदेशीक रोजगारबाट फर्किएकाहरुले पुर्याउन सक्ने योगदानलाई नजरअन्दाज नगर्न उनले सुझाएका थिए | आफ्ना मागहरुमध्ये ३ वटा मुद्दा सरकाले कार्यान्वयन तहमा लैजाने घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिंदै अध्यक्ष अधिकारीले बैदेशिक रोजगारबाट फर्केकालाई राज्यले प्रदान गर्ने सहुलियतपूर्ण कर्जामा ३ बर्षे समयावधिको हदबन्दी तोकिएकोमा बिरोध जनाउंदै त्यसलाई सच्याउन माग गरे | ३ भर्ष भन्दा पहिला स्वदेश फर्किएका पुर्व प्रवासी श्रमिकको समेत राज्यको अर्थतन्त्र निर्माणमा उत्तिकै योगदान र महत्व रहेकाले राज्यले प्रदान गर्ने सहुलियतमा रिटर्नीहरु बीच कुनै किसिमको विभेद स्वीकार्य नहुने अधिकारीले बताए |

एक दिवसीय गण्डकी प्रदेश सम्मेलनले नेत्र नारायण थनेतको अध्यक्षतामा "रिटर्नी माइग्रेन्ट नेपाल"को गण्डकी प्रदेश समिति चयन गरेको छ | घोषित ९ सदस्यीय समितिको पोखरामा बस्ने पहिलो बैठकले थप सदस्य मनोनयन गरि समितिलाई पूर्णता दिने नव निर्वाचित अध्यक्ष थनेतले जानकारी दिए | त्यसैगरी सम्मेलनले भिम महतोको नेतृत्वमा १३ सदस्यीय नवलपुर जिल्ला समिति समेत गठन गरेको छ | प्रदेश, जिल्ला र पालिकास्तरसम्म संजालको पहुँच विस्तार गर्ने लक्ष्य लिएको संस्थाले छिट्टै सबै प्रदेश सम्मेलनहरु आयोजना गर्ने बताएको छ | विदेशबाट नेपालीले सिकेको सिपको तथ्यांक अत्यन्तै महत्वपूर्ण रहेकाले स्थानीय स्तरमा संस्थाको पहुँच विस्तार हुनु अनिवार्य रहेको बताईएको छ | कार्यक्रममा गोडार स्थित थारु सांस्कृतिक अतिथि गृहका कलाकारहरुले थारु सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए |