Call us today +977-1-4475783 / 9851241622

श्रम सहचारी अधिकारीसंग रिटर्नी माइग्रेन्ट नेपालको छलफल

रामकृष्ण घिमिरे - साउदी अरबका लागि श्रम सहचारी अम्बिका अधिकारी र रिटर्नी माइग्रेन्ट नेपालका पदाधिकारीहरु बिच छलफल सम्पन्न भएको छ । छलफल कार्तिक कार्तिक २८ गते बुधबार संस्थाको केन्द्रीय कार्यालय चाबाहिल मा भएको थियो।

श्रम सहचारी अम्बिका अधिकारी ले छलफल मा साउदी अरबमा नेपाली श्रमिकहरु को अवस्था,भोग्नु परेका समस्याहरु समन्धमा स्पस्ट रुपमा प्रस्ट्याएका थिए। सहि तरिका ले सुचना सम्प्रेषणको भए समस्यामा परेका नेपालीहरुको नेपालमा रहेका परिवार को पिडा कम हुने जनाउदै रिटर्नी माइग्रेन्ट जस्तो संस्थाको संजाल को उपयोगिता अझ बढेको जनाउदै आगामी दिनमा सहकार्य गर्न सकिने जनाए।

बैदेशिक रोजगारी बाट फर्केका नेपालीहरु संगठित भई फर्केकाहरुको हक हितमा कार्य गर्ने उदेश्य सहित संस्थाको स्थापना यो बर्ष भएको थियो ।प्रादेशिक रुपमा समेत सबै प्रदेशमा संगठन बिस्तारको लक्ष्य सहित संस्था अघि बढेको बताईन्छ। हाल सम्म प्रदेश नं ४ मा भेला सम्पन्न भई समिति गठन गरि सकिएको र अन्य प्रदेशमा समेत आगामी केहि महिनामा संगठन बिस्तारको योजनामा रहेको छ।

रेमिटेन्सको प्रबाह मार्फत  देशको बिकासमा अग्रणी भूमिका खेल्ने युवाहरु ले नेपाल फिरे पछी लगानीको अबसर नपाउने,सरकारी तवर बाट समेत ति युवाहरुको सहज जीवनयापनको  कुनै नीतिगत ब्यबस्था नहुँदा स्वदेश फर्कनेहरु को दुरावस्था देखिंदै आएकोमा नेपाल सरकार लाई संस्थागत रुपमा झक्झकाउने र नीतिगत रुपमा ब्यबस्था गराउने लक्ष्य सहित संस्था अघि बढेको छ साथै सामुहिक लगानी सहितको कार्यमा संस्था अघि बढिरहेको देखिन्छ।

यो समाचार अरबनेपाल डट कमबाट साभार गरिएको हो (लिंक: https://arabnepal.com/news/श्रम-सहचारी-अधिकारी-र-रिट/?fbclid=IwAR1MAQl2iCY2KaW8ZEO01_RjaRFKhigTBKYli1CncZKgeIgQqikfKN43CfI )