Call us today +977-1-4475783 / 9851241622

सुदुरपश्चिम प्रदेश सम्मेलन सम्पन्न

२०७५ साल असोज ६ गतेका दिन वैदेशिक रोजगार बाट फर्किएका नेपालीहरुको संस्था "रिटर्नी माइग्रेन्ट नेपाल" Returnee Migrant Nepal को सुदूरपस्चिम प्रदेस सम्मेलन अत्यन्तै सकारात्मक उत्साहका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कृष्णराज सुबेदी ज्युको प्रमुख अथित्यता रह्यो । कैलाली, कंचनपुर , बैतडी , दार्चुला , बझाङ , बाजुरा , अछाम , डोटि जस्ता बिकट जिल्लाहरुबाट रिटर्नी नागरिकहरुको सक्रिय सहभागीताले हामी र हाम्रो अभियानलाई झन् उत्साहित बनाएको छ । सम्मेलन अन्तर्गतको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राख्नु भएको जिज्ञासा र उठान भएका विषय बस्तुले यश अभियानलाई थप मद्दत पुग्ने बिश्वास  छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड ज्यु , जिल्ला खेलकूद बिकास समितीका अध्यक्ष दिपक सिंह ज्यु, स्थानीय सन्चारकर्मिहरु, हाम्रो संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्युहरु, केन्द्रिय लगानी बोर्डका सदस्य तथा कैलालीका सक्रिय समाजसेवी राजेन्द्र देवकोटा लगायत सम्मानित ब्यक्तिहरुको सहभागिताले कार्यक्रमको गरिमा बढायो । सम्पन्न सुदुरपस्चिम प्रदेस सम्मेलनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाइ अत्यन्तै सफल कार्यकालका लागि हार्दिक शुभकामना सहित बधाई ज्ञापन गर्दछौं ।

सम्मेलनले "रिटर्नी माईग्रेट नेपाल" सुदूरपस्चिम प्रदेस समितिमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य निर्वाचित गरेको छ ।

अध्यक्ष - चेतबहादुर थापा “चेतन” उपाध्यक्ष- पदम बिस्ट महासचिव- शिवराज जैसी सचिव- हरिष भण्डारी कोषाध्यक्ष - अर्जुन बानियाँ महिला सदस्य - भगवती देवी मल्ल सदस्य - धन ब बोहरा सदस्य- भवानी प्रसाद उपाध्याय सदस्य - हेम ब बस्नेत सदस्य- भिम ब साउद सदस्य - परिदत्त अबस्थी सदस्य - रमेस भाट