Call us today +977-1-4475783 / 9851241622

What We do?

What We Do

What We Do

  1. बैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको वर्तमान अवस्था
  1. बेरोजगार
  2. व्यवशायिक असफलता
  3. अलमल र पुनः विदेशिने तरखर
  1. राज्यको बैदेशिक रोजगारमा नयाँ श्रमिक कटौती गर्ने योजना र प्रवासी श्रमिक स्वदेश फर्किने बढ्दो क्रम
  2. काम गर्नसक्ने जनशक्तिको उपस्थिति धेरै ठुलो हुदै जाने तर सो अनुपातमा राज्यले रोजगारी श्रीजना नगरेको
  3. सिप, प्रबिधि, दक्षता र लगानीयोग्य पूंजी समेत बोकी राष्ट्र निर्माणको ठुलो संवाहक बनेर स्वदेश भित्रिएको जनशक्ति लक्षित नीति, कार्यक्रम र योजना राज्यले अघि सार्न नसकेको
  4. राज्य संचालनको एउटा प्रमुख आधार(विप्रेषण मार्फत जिडीपिमा २५% भन्दा धेरै योगदान) प्रवासी श्रमिक भएपनि राज्यले तिनै श्रमिक स्वदेश फर्किएपछी भने नजरअन्दाज गरिरहेको वर्तमान परिवेश
  5. आजसम्म स्वदेश फर्किएका पुर्व प्रवासी श्रमिकहरुको मोटामोटी तथ्यांक समेत राज्यसँग नहुनुले यो बर्गमथी भइरहेको उपहास
  6. आजसम्म स्वदेश फर्किएका तथ्यांक बिहिन पूर्व प्रवासी श्रमिक, हाल बैदेशिक रोजगारमा रहेका र स्वदेश फर्किन आतुर अनुमानित ३० लाख जनशक्ति र ती सम्पूर्णका परिवार संख्या एकैपटक बेरोजगार रहने अबस्थाको श्रीजना भएमा यो देशको अवस्था कस्तो होला ?
  7. बैदेशिक रोजगार त्यागी स्वदेश फर्किएर सामाजिक, आर्थिक र  कुनैपनि क्षेत्रको  प्रतिनिधित्वमा स्थापित हुन नसकेका  नेपालीलाई पुनर्स्थापित गर्न कार्यक्रमहरु अघि सार्न ढिला भइसकेको छ
  8. बिदेशमा रहँदा स्वदेशका अनेक सपना देख्ने र राष्ट्रकै समृद्धिको संवाहक बन्ने कल्पना गर्नेहरु स्वदेश फर्किएपछी गुमनाम बनि आवाज बिहिन रहेको समग्र अवस्थालाई मध्यनजर गर्दै ती आवाजहरुको प्रतिनिधि संस्थाको रुपमा राज्यले देख्ने, सुन्ने र बुझ्ने गरी बिषय उठानका लागि हामी अघि बढेका छौं, रिटर्नी माइग्रेन्ट नेपाल अघि बढेको छ

 

यो यात्रामा यहाँहरु सबैको सकारात्मक साथ, सहयोग र समर्थनको अपेक्षा राख्दछौं