Call us today +977-1-4475783 / 9851241622

Message From Chairman

स्वागत

स्वागत

तपाई हामी सबैलाई थाहै छ, दशौँ बर्ष पहिलादेखि बैदेशिक रोजगार बाट स्वदेश फर्किएर आफ्नै गाउँठाउँमा केहि गरौँ भन्ने नागरिकहरुको परिवार, समाज र रास्ट्रप्रति समर्पित भावना, अग्रसरता, सकृयता र पहलकदमीलाई साथ् दिने, यी नागरिकको कदममा सहयोग पुर्याउने, उनीहरुको भावनालाई कदर गर्ने कुनै निकाय, समूह वा संस्था देखा परेनन् ׀ बर्षौंसम्म आफ्ना परिवारबाट टाढा रहेर रेमिटेन्स मार्फत देशको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएर स्वदेश फर्किएका नागरिकका बारेमा न राज्यले खोजीनिती गर्यो, न त कुनै सरकारी, गैर –सरकारी, सामाजिक, राजनीतिक वा अन्य संघसंस्थाले यी नागरिकका समस्या र सम्भावनाका बारेमा सोच्ने, बोल्ने, लेख्ने र खोज्ने अग्रसरता नै देखाए ׀ फलत: बैदेशिक रोजगार मार्फत लाखौँ नेपालीले शिकेको शिप, अनुभव र लगानीयोग्य पुंजीको सहि उपयोग हुन सकेन ׀

 

एकातिर विदेशमा श्रम गरेर आर्जित रकम अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेको, अर्कोतर्फ आधुनिक प्रबिधि, शिप र अनुभवयुक्त जनशक्ति बेरोजगार भएर भौतारिने अबस्थाको श्रीजना हुने स्थिति बाक्लिंदै गएको छ ׀ बर्षौंसम्म देश बाहिर रहंदा टुटेको सामाजिक सम्बन्ध र स्थानीय बजारसंगको दुरीका कारण लगानी भएका पुँजीले समेत प्रतिफल दिन सकिरहेको अवस्था छैन ׀ कहीं कतैबाट पनि साथ सहयोग र सहुलियत नापाएपछी आफ्नै देशमा केहि गरौँ भन्ने उद्देस्य बोकेर स्वदेश फर्किएका नागरिकलाई पुन: विदेशिनुपर्ने बाध्यात्मक अवस्था समेत श्रीजना हुदै गरेको छ ׀ यिनै विषम परिस्थितिका बीच बैदेशिक रोजगारबाट स्वदेश फर्किएका नागरिकहरुलाई एउटै संजाल भित्र जोडेर समाजमा सहज रुपमा पुनर्स्थापना हुनसक्ने, सामुहिक लगानी मार्फत उत्पादन र बितरणमा सरिक हुनसक्ने, आफ्ना धेरथोर पुंजी लगानी गरि त्यसमा राज्यको प्रत्यक्ष सहयोग, सहुलियत, लगानी समेत भित्र्याएर सामुहिक परियोजना संचालन गरि रोजगारी र उध्यमशिलाताको विकास गर्ने र सबै पक्षबाट नजर अन्दाज गरिएको यो ठुलो समुहलाई राज्यको नीति,कार्यक्रम र योजना संगै जोडेर अघि लैजाने उद्देस्यका साथ हामीले यो संस्थाको परिकल्पना गरेका हौँ, यसै अनुरुप आजका दिनसम्म हामी अघि बढीरहेका छौं र यसमा सबैको उचित साथ् र समर्थन रहेमा उद्देश्य प्राप्तिमा लामो समय लाग्ने छैन भन्ने हामीले बिश्वास लिएका छौं ׀

 

सबैको साझा उद्देश्यमा एकै समुहमा रहेर काम गर्न पाउनु सुखद पक्ष हो ׀ यहाँहरु सम्पूर्णलाई यस संस्थाको केन्द्रिय अध्यक्षको रुपमा म हार्दिक न्यानो स्वागत गर्न चाहन्छु र यो साझा उद्देश्यमा अन्त्यसम्म सँगसँगै हिड्नका लागि आफ्ना तर्फबाट गर्नुपर्ने सबै सहयोगी भूमिकाका लागि सदैव तयार रहेको प्रतिबद्धता समेत गर्न चाहन्छु ׀ यस अभियानमा यहाँहरु सबैलाई स्वागत छ ׀

 

यस अभियान संचालन र हाम्रो संस्था स्थापनाको छोटो अबधिमा राज्यले हाम्रो माग सम्बोधन हुने गरि गरेको केहि घोषणाहरु अहिले कार्यान्वयनका चरणमा भएकाले हामीलाई यस क्षेत्रमा काम गर्न थप प्रेरित गरेको छ ׀ बैदेशिक रोजगार बाट फर्किएकालाइ १० लाखसम्मको सहुलियत ब्याजमा परियोजना कर्जा, स्किल टेस्ट (शिप परिक्षण) मार्फत प्रमाण पत्र प्रदान र स्वदेश फर्किने नागरिकको तथ्यांक संकलन कार्य अहिले कार्यान्वयनको चरणमा छन् जसलाई हामीले प्रमुख मुद्धाहरुको रुपमा उठान गरेका थियौं ׀ यी कार्यक्रमहरुमा सरिक भइ लाभान्वित हुनको लागि समेत म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ׀

धन्यवाद